२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेष्टहृयाममाथि युनाइटेडको संघर्षपूर्ण जित, पोग्बाले गरे दुई गोल



अ+ अ-

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राती आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेष्टहृयामलाई २–१ गोलअन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा पाउल पोग्बाले दुबै गोल गरेका थिए । वेष्टहृयामका लागि भने फिलिपे एन्डरसनले गोल फर्काएका थिए ।

१९ औं मिनेटमा नै पोग्बाले पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । उनकै गोलमा म्यानचेसटर युनाइटेडले वेष्टहृयाममाथि पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । तर खेलको ४९औं मिनेटमा एन्डरसनले गोल गर्दै वेष्टहृयामलाई १–१ गोलको स्थितिमा ल्याए ।

खेलको ८० औं मिनेटमा म्यानचेस्टर युनाइटेडले फेरी पेनाल्टी पायो । यो पटक पनि पोग्बाले नै पेनाल्टीबाट गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ गोलको जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ३३ खेलबाट ६४ अंक भएको छ । पराजित वेष्टहृयामको भने समान खेलबाट ४२ अंक छ ।




भर्खरै