२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीको लालबन्दीमा बस दुर्घटना, तीन जनाको मृत्यु, ३१ जना घाईते



अ+ अ-

मलंगवा । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ उष्ण प्रदेशिय बागवानी नजिकै बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्। बा ३ ख १३१८ नम्बरको बस दुर्घटना भएको हो।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बस रिजर्भ गरी घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन्।

दुर्घटनामा मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएको छ।

तीब्र गतिमा रहेको बस बढी स्टेरिङ्ग मोड्दा सडक छेउको रुखमा ठोक्किँएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार शाहीले बताए।

घाइतेमध्ये ४ जना अवस्था गम्भीर रहेको शाहीले बताए। उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।