२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबीको चंगुलबाट मुक्ति दिन स्वास्थ्य बीमा कार्यक्रम : अर्थमन्त्री



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गरिबीको चंगुलबाट मुक्ति दिनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको बताएका छन् । अब खाता खोल्नेहरुलाई सय रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

आइतबार नयाँ वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौ बैंक खाताको शुभारम्भ समारोहमा बोल्दै एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ राखेर खाता खोल्न अर्थमन्त्रीले आग्रह गरे ।

मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ । हालसम्म बैँक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।