७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्गीतज्ञ गुरुङ ‘मानपदवी’ र नेकपाका संस्थापक श्रेष्ठ‘नेपालरत्न’ द्वारा विभूषित



अ+ अ-

काठमाडौं । सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ .मरणोपरान्तं लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेका हुन् ।


कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरे ।

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित रहेको थियो ।