७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमको कटाक्ष : कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेछ, बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागेको बताए ।

प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता कार्यक्रमलाई सम्बोधन गर्दै वृद्धभत्ता दिएकोमा आफू आलोचित भएको भन्दै उनले वृद्ध भत्ता बढाएरै देखाउने बताए।

‘कसैलाई वृद्ध भत्ता बढाएकोमा नमज्जा लागे लागेछ, वृद्धभत्ता बढाएर के फाइदा ? भन्ने पनि सुनियो’, प्रधानमन्त्री ओलीले भने, ‘बाआमालाई खुवाउदा पनि फाइदा खोज्ने भेटियो।’