२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको सङ्कल्प : देशभरका नदीनाला सफा राख्ने



अ+ अ-

काठमाडौं । बाग्मती सफाइ महाअभियानकर्मीले विसं २०७६ को पहिलो दिन बिहान सफाइबाटै शुरुआत गरेका छन् ।

सफाइका क्रममा यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरिएको सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवारले बताए ।

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरु भएदेखि देशभर सफाइ जागरण फैलिएको छ ।

हालसम्म देशभरका १०३ स्थानमा साप्ताहिकरुपमा सफाइ अभियान सञ्चालन हुन्छ । विसं २०७५ लाई सरकारले सरसफाइ वर्ष घोषणा गरेको थियो ।

सरकारले सफाइ वर्ष घोषणा गरे पनि ठोस कार्यक्रम ल्याउन नसकेको सफाइ अभियानकर्मीको टिप्पणी छ ।

बाग्मतीलाई ढलमुक्त गर्न स्थापना भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासीका नाममा नदी किनार ओगटेर बसेकालाई हटाउन नसक्दा पनि बाग्मती आशातीतरुपमा सफा हुनसकेको छैन ।