१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षको सङ्कल्प : देशभरका नदीनाला सफा राख्ने



अ+ अ-

काठमाडौं । बाग्मती सफाइ महाअभियानकर्मीले विसं २०७६ को पहिलो दिन बिहान सफाइबाटै शुरुआत गरेका छन् ।

सफाइका क्रममा यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरिएको सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवारले बताए ।

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरु भएदेखि देशभर सफाइ जागरण फैलिएको छ ।

हालसम्म देशभरका १०३ स्थानमा साप्ताहिकरुपमा सफाइ अभियान सञ्चालन हुन्छ । विसं २०७५ लाई सरकारले सरसफाइ वर्ष घोषणा गरेको थियो ।

सरकारले सफाइ वर्ष घोषणा गरे पनि ठोस कार्यक्रम ल्याउन नसकेको सफाइ अभियानकर्मीको टिप्पणी छ ।

बाग्मतीलाई ढलमुक्त गर्न स्थापना भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासीका नाममा नदी किनार ओगटेर बसेकालाई हटाउन नसक्दा पनि बाग्मती आशातीतरुपमा सफा हुनसकेको छैन ।