१३ असार २०८३, शनिबार
,
Latest
नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

महोत्तरी । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी आइतबार बेलुका एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

सोही दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भई उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाडौँबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढी दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा ल्याई उपचार गरिरहेको क्रममा मोटरसाइकलको पछाडि सवार जीतेन्द्रको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।