२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग : उपाधि दौडमा रहेको सिटीको जित



अ+ अ-

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसकै घरेलु भूमिमा ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । त्यस्तै, गाब्रियल जेसुसले एक गोल थपे । यता, क्रिस्टल प्यालेसका लागि लुका मिलिभोजेभिकले गोल फर्काएका थिए ।

खेलको १५औं मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनकै गोलमा सिटीले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ६३औं मिनेटमा उनले अर्को गोल थप्दै सिटीलाई २–० गोलको अग्रता दिलाए ।

मिलिभोजेभिकले खेलको ८१औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ९०औं मिनेटमा जेसुसले गोल गरेपछि सिटीले ३–१ गोलको जित निकालेको हो ।

जितसँगै सिटीको ३३ खेलबाट ८३ अंक भएको छ । पराजित क्रिस्टल प्यालेसको भने ३४ खेलबाट ३९ अंक छ ।