२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा तीन सवारी दुर्घटना : ३ जनाको मृत्यु, १२ जना जना घाइते



अ+ अ-

हेटौंडा । मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय वृद्ध रहेका छन् । उनको परिचय खुलेको छैन ।

त्यस्तै मनहरीकै खरंगामा हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३१ वर्षीय रवीन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार, घटनामा सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भइरहेको छ ।

उता, कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसँग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका ३५ वर्षीय गोविन्द वमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा प्रहरी निरीक्षक सागरविक्रम रानाले जानकारी दिए । उनको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो ।