१६ पुष २०८१, मंगलवार
,
Latest
पौष १६ गतेः मैले बुझेको राष्ट्रिय मेलमिलाप रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली न्यूजील्यान्ड, अस्ट्रेलियामा नयाँ वर्षको स्वागतमा आतिशबाजी भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह ‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’ पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव रिसाएकी पत्नीलाई कसरी फकाउने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी वयोवृद्धा भण्डारीको निधन



अ+ अ-

पाँचथर । नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र प्राप्त गरेकी पाँचथरको फिदिम नगरपालिका– ४ शान्तिपुरकी वयोवृद्धा भगवतीदेवी भण्डारीको निधन भएको छ ।

नेपालमै पहिलो पटक गत मङ्सिर ३ गते गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेका थिए । गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट आफ्नो राष्ट्रिय परिचयपत्र ग्रहण गरेकी थिइन् ।

दमबाट ग्रसित १०२ वर्षीया भण्डारीको शुक्रबार निधन भएको उनका आफन्त सूर्य अधिकारीले जानकारी दिए ।

भण्डारीको शुक्रबार नै फिदिम स्थित हेँवा घाटमा दाहसंस्कार समेत गरिएको छ ।