६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम निवास अगाडि घन्कियो नारा : ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेका छन् ।

प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटना सार्वजनिक भएपछि त्यसको विरोधमा प्रदर्शन गरेको हो र

बालुवाटार÷ हयात प्रकरणमा भ्रष्ट नेता, प्रशासक, व्यापारी र भूमाफीया विरूद्ध प्रदर्शन पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताए ।

प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थिए ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएको छ ।

Photo Credit : रवीन्द्र मिश्रको फेसबुकबाट