२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जक बुढाथोकीको निधन, श्रद्धाञ्जलिका लागि निवासमा राखिने



अ+ अ-

काठमाडौं । आइतबार साँझ वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकीको निधन भएको छ ।

केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित प्रचण्डको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्डलाई प्रदेश नं. ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।


कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा प्रचण्डको पार्थिव शरीरलाई उनकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने बताइएको छ ।