२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले दिएको प्रमाणपत्र नै नक्कली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचिमा नपरेको नागरिक दैनिकमा खबर प्रकाशित छ ।