
काठमाडौं । काठमाडौँबाट दिक्तेल जादै गरेको बस हलेसीमा दुर्घटनामा हुंदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएको छन् ।
सोमबार राती ११ बजे ना ४ ख ७४११ नम्बरको बस हलेसीको रिट्ठाबोटेमा दुर्घट्ना हुंदा दिक्तेल रुपाकोट मझुवागढी ७ का ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते ६ जनालाई टिचिङ अस्पताल काठ्माण्डौं ल्याईएको छ भने एक जनाको जिल्ला अस्पताल दिक्तेलमा र अन्यको दुर्छिम स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
बस सडकबाट चिप्लिएर २० मिटर तल कोल्टिएर रुखमा अडिएकाले ठूलो मानबिय क्षतीबाट जोगिएको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।









