२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाटफोर्डमाथि आर्सनलको संघर्षपूर्ण जित, अबुमेयाङले गरे निर्णायक गोल



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ ।

सोमबार राति आर्सनलको घरेलु मैदानमा एकाृ खेलमा वाटफोर्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा इमेरिक अबुमेयाङले गरेको गोल नै निर्णायक सावित बन्यो ।

खेलको १०औं मिनेटमा अबुमेयाङले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंक बटुल्र्द लिगको चौथो स्थानमा उक्लिएको छ । यति नै अंक भएको चेल्सी भने लिगको पाँचौं स्थानमा झरेको छ । यता, पराजित वाटफोर्डको भने ४६ अंक छ ।