
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित हात पारेको छ ।
सोमबार राति आर्सनलको घरेलु मैदानमा एकाृ खेलमा वाटफोर्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा इमेरिक अबुमेयाङले गरेको गोल नै निर्णायक सावित बन्यो ।
खेलको १०औं मिनेटमा अबुमेयाङले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।
जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंक बटुल्र्द लिगको चौथो स्थानमा उक्लिएको छ । यति नै अंक भएको चेल्सी भने लिगको पाँचौं स्थानमा झरेको छ । यता, पराजित वाटफोर्डको भने ४६ अंक छ ।









