
बेनी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले नेकपाको एकतापछि पार्टी बलियो बन्ने दावि गरेका छन् ।
उनले पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए ।
म्याग्दीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताए ।
पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताए ।









