२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको कुन्दुज प्रान्तमा गोली हानाहान, छ जना तालिबानी लडाकूको मृत्यु



अ+ अ-

काबुल। अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ ।

सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका क्रममा एउटा सवारी साधन, आठ थान रकेट र आठ वटा बारुदी सुरुङ पनि बरामद भएको उल्लेख छ । भिडन्तमा सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन ।

गत शुक्रबारदेखि अफगानिस्तानका ३४ मध्ये २५ वटा प्रान्तमा सुरक्षाफौज र तालिबानी लडाकू समूहबीच सङ्घर्ष जारी छ । तालिबानले गत शुक्रबार नयाँ सशस्त्र सङ्घर्ष अघि बढाउने घोषणा गरेको थियो ।

तालिबानले हरेक वर्ष वसन्त ऋतुका दिनहरुमा विशेष रुपमा आक्रमणका योजना बनाउने गरेको छ ।

कुन्दुजमा गत शनिबार पाँच जना सैनिक, पाँच जना सर्वसाधारण र ठूलो संख्यामा लडाकूहरु मारिएका थिए ।