
काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भड्किलो र निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।
सोमवार बसेको निर्वाचन आयोगको बैठकले आदित्यनाथलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारतीय सर्वोच्च अदालतले निर्वाचन आयोगसँग उनीहरूमाथि कारबाही गर्न आदेश दिएको थियो ।
आयोगका अनुसार योगीलाई तीन दिन कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ । प्रतिबन्ध मंगलबार बिहान ६ बजेदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।
भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।









