६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई ‘चौकीदार चोर हो’ भन्दा राहुल गान्धीको धोती खुस्कियो !



अ+ अ-

काठमाडौं । कंग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय सर्वोच्च अदालतले एक साताभित्र अदालतमा उपस्थित भई जवाफ दिन आदेश दिएको छ ।

प्रधानन्यनयनधीश रञ्जन गोगोईको इजलासले अदालतको भनाइ विपरीत जनतालाई ढाँटेको बताएको छ । भाजपा नेतृ मीनाक्षी लेखीले राहुलविरुद्ध आपराधिक अवहेलनाको उजुरी गरेकी थिइन् ।

उनले राफेल सम्झौताबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चौकीदार चोर है’ भन्दै आरोप लगाएको अदालतको भनाइ छ ।

अदालतले भनेको छ, ‘हामी स्पष्ट पार्छौं, राहुल गान्धीले सर्वोच्च अदालतको नाम लिएर राफेल सम्झौतामा सञ्चारमाध्यम र जनतालाई ढाँटिरहेका छन् ।’

कंग्रेस अध्यक्ष राहुलले ‘अब सर्वोच्च अदालतले पनि चौकीदार चोर हो भनी पुष्टि गरेको छ’ भनेको भन्दै लिखित जवाफ दिन भनेको हो ।

भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।