• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

यु-१९ क्रिकेट : ओमानमाथि नेपालको फराकिलो जित



काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

सेलंगोर टर्फ क्लबमा भएको खेलमा नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४=१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो ।

ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेटको क्षतिमा २२९ रन बनाएको थियो । ८१ बलको सामना गरेका कप्तान रोहितकुमार पौडेलले पाँच चौका र दुई छक्का प्रहार गर्दै ७५ रन बनाए ।

त्यस्तै, प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै ४१ रन बनाए । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रविन्द्र र जिल तन्नाले समान २–२ विकेट लिए ।