
चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने विद्यार्थीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
निष्कासनमा पर्ने विद्यार्थीमागोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका छन् । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए । उनिहरु ६० दिनका लागि निष्कासन भएका हुन् ।
यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।









