२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता



अ+ अ-

पेरिस । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ ।

आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ ।

हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल ९गिर्जाघर० नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको बितण्डा हेरेका थिए । आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो ।
अग्निनियन्त्रकहरुले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए । आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको थियो । विशिष्ट शैलीको यो छाना र शिखरलाई सुनौलो रङको आगोको लप्काले छोपेको थियो ।

यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा बिलिन बनायो ।फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले मुलुकको आत्माका रुपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गर्नुभएको छ । उनले अग्निनियन्त्रकहरुको प्रयासका कारण गिर्जाघर पूर्ण रुपमा क्षति हुनबाट बचेको बताए ।

पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउड ग्यालेटले नोट्रे–ड्याम गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए ।

करिब ४०० जना अग्निनियन्त्रकहरु रातभर आगो नियन्त्रणमा जुटेका थिए । मङ्गलबार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रमुख ग्यालेटले गिर्जाघरको छाना र शिखर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए । फ्रान्सेली गृहमन्त्रालयका सचिव लरेन्ट नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्याँकन गर्न लागेको बताए ।

आगलागीको कारणबारे तत्कालै थाहा हुन सकेको छैन, तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तिब्र गतिमा भइरहेको थियो । अग्नीनियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुन सक्छ ।

फ्रान्सेली अभियोजनकर्ताहरुले यस घटनालाई अद्यापी एक दुर्घटनाका रुपमा लिइएको बताएका छन् ।

इतिहासकारहरुले पनि भवनमा पुगेको क्षतिले भयभित तुल्याएको बताएका छन् । “पेरिस आइफेल टावर हो भने फ्रान्स नोट्रे–ड्याम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,” लेखक एवं धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेलेब बताए ।

यो क्याथेड्रल फ्रान्सको राजधानी पेरिसको लगभग मध्यभागमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यो भवन बनाइएको हो । यो १२ औं शताब्दीमा बनाइएको थियो ।

अठारौं शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यो क्याथिड्रलमा तोडफोड गरिएको थियो । धर्मविरोधी हिंसात्मक भिडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो, यहाँका बहुमूल्य वस्तुहरु लुटिएको थियो र बाहिर ढोकामा रहेका भव्य प्रतिमाहरु तोडफोड गरिएको थियो ।

यो गिर्जाघर बीसौं शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो । सन् १९४४ अगष्ट २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथिड्रलका घण्ट बजाइएका थिए ।

फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि बर्सेनि लाखौं पर्यटक फ्रान्स आउने गर्दथे । “पेरिस अब बिरुप भएको छ । अब यो शहर विगतको जस्तो कहिल्यै हुने छैन,” एक युवाले दुःखेसो पोखे ।