२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौं ।महानगरीय प्रहरी परिसर काठमाडौंले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ रहेका छन् ।

उनीहरुले सामाखुशी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरिएको वस्तु बिक्री गरेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । त्यसबापत उनीहरुले १९ लाख रुपैयाँ लिएका थिए ।

उनिहरुलाई मंगलबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।