
काडमाडौं । भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ ।
भारतको सुचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ ।
मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो ।
टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।
पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।









