२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पलाई बिल वेल्ड टाउको दुखाई बन्दै, राष्ट्रपति पदमा उम्मेद्वारीको घोषणा



अ+ अ-

वासिङ्टन । रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीभित्रैबाट ट्रम्पलाई चूनौती दिएका छन् ।

विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट गर्दै आफूले उम्मेदवारी दिएको बताए ।

राष्ट्रपति ट्रम्प पार्टीभित्र निकै लोकप्रिय भएकाले बिल वेल्डले पार्टीका तर्फबाट उम्मेदवारी पाउने सम्भावना कम छ । तर यस उम्मेदवारीले पार्टीभित्र निराशा रहेको प्रष्टै देखिएको छ ।

रिपब्लीकन पार्टीभित्र ट्रम्पले विपक्षीमाथि जथाभाबी आलोचना गर्ने गरेको, रुसी राष्ट्रपतिसँग साँठगाँठ गरेको तथा भर्जिनियामा गोरा राष्ट्रवादीले गरेको आक्रमणप्रति नरम व्यवहार गरेको आरोप लगाइने गरेको छ ।

वेल्डको उम्मेदवारीबारे जारी भिडियो सन्देशमा ‘अमेरिकासँग विकल्प छन् र एउटा अझ राम्रो अमेरिका बनाउने अवसर हाम्रासामु छ ।’

सन् १९९१ देखि १९९७ सम्म गभर्नर हुँदा वेडले म्यासाचुसेट्स राज्यमा सन्तुलित बजेट ल्याएको, कर कटौती गरेको, भ्रष्टाचारमाथि कारबाही गरेको तथा जनकल्याणका कार्यहरुमा सुधार ल्याएको भन्दै उच्च प्रशंसा हुने गरेको छ ।