६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहको गाडीको ठक्करबाट घाइते अर्का एक जनाको पनि मृत्यु, घटनाको शाहले जिम्मा नलिने



अ+ अ-

काठमाडौ‌ । गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । पछिलो पटक मृत्यु हुनेमा प्रकाश चौधरी रहेका छन् ।

गत बुधबार पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको थियो भने प्रकाश चौधरी घाइते भएका थिए ।

चौधरीद्धया सभार १५ प ९९७९ नम्बरको मोटरसाइकललाई बा ३ च ७९६२ नम्बरको कारले ठक्कर दिएको थियो । प्रकाशलाई उपचारको लागि विराट नर्सिङ होममा राखिएको थियो ।

हेमको उपचारकै क्रममा बुधवार नै निधन भएको थियो भने उपचाररत प्रकाशको पनि गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उक्त गाडी सशस्त्र प्रहरीका जवान दीपेन्द्र लम्सालले चलाएका थिए । दुर्घटनाबारे पूर्वराजा शाहको सचिवालयले दुर्घटना शाह चढेको गाडीले नभई सुरक्षाकर्मीको गाडीको ठक्करबाट भएको भनी प्रष्ट्याएको छ ।