६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको निर्णय : जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता देउ



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न पाउने निर्णय गरेको छ ।

मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गृह मन्त्रालयले गरेको पत्रलाई कार्यान्वयन नगर्न सर्वोच्चले लिएको अन्तरिम आदेश बदर गरेको हो ।

मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला गरेको थियो ।