६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो सुरक्षाको नयाँ योजना : ११ लाखको निशुल्क बीमा



अ+ अ-

काठमाडौं । मेरो सुरक्षा प्रिमियर इन्स्योरेन्सले नयाँ वर्षको अवसरमा निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निशुल्क पाउने छन् ।

कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् ।

योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ ।

बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निशुल्क बीमा योजनामा सहभागि गराइने बताइएको छ ।