५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.57

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो पनि ! मेयर छोरालाई मन्त्री बाबुको २४ करोड बजेट



अ+ अ-

काठमाडौं । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजना विनियोजन गरेका छन्।

आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापनमा समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरिएको हो।

सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ। हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठा छोरा हुन्। राजपाबाट बाबुछोराले चुनाव जितेका हुन्। छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।