
काठमाडौं । भारतको मद्रास उच्च न्यायालयले भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाएको छ ।
‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो।
अदालतको आदेशसँगै मंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको हो।
टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।
पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।










