
कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई आगामी चुनावबाटै काँग्रेसले प्रतिस्थापन गर्ने ठोकुवा गरेका छन् ।
प्रेस युनियन कैलालीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको का कारण बर्तमान सरकारलाई प्रतिस्थापन गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘काँग्रेसले प्रतिपक्षको भूमिका निभाउदा आगो लगाउने, रेलिङ भाँच्ने काम गरेको छैन ।’









