६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।


महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले तामाङलाई मंगलबार राति चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डाबाट पक्राउ गरेको हो ।

बा ४ ख ८५७३ नम्बरको ट्रिपरका चालक तामाङले ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।