३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो



अ+ अ-

भद्रपुर । सर्वोच्चको अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन फैसला गरेपछि नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ ।

अदालतले मङ्गलबार गरेको फैसलापछि झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन् ।

झापा जिल्लामा चैत १९ गते यता ६०० बढीले वंशजको नागरिकता पाइसकेका छन् । झापामा विसं २०६३ मा २२ हजारले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तिनका सन्तानले वंशजको आधारमा अब नागरिकता पाउने भएका छन् ।