
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको लाहान शाखा कार्यलयको उद्घाटन भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको सभापतीत्वमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्यले शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा शेख मिडिया हाउस प्रा.लि.का अध्यक्षय फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।









