२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनसम्म हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको आग्रह



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म काठमाडौं उपत्यका सहित मुलुकभरको मौसम बदली हुने जनाएको छ ।

महाशाखाका मौसमविद बरुण पौडेलका अनुसार मुलुकको पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले काठमाडौं उपत्यकामा अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

सुदूरपश्चिमबाट भित्रिएको प्रणालीका कारण काठमाडौंमा आज अपरान्ह हावाहुरी सहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाई छ ।

पौडेलका अनुसार तराईका केही भागमा चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन पनि उनले आग्रह गरे। बेलुकाको समयमा मध्य तथा पूर्वी तराईका एक दुई स्थानमा हुरीबतास लाग्ने उनको भनाई छ । आज र भोलि मौसम खासै राम्रो नरहेको र पर्सीबाट सुधार हुँदै जाने उनले बताए ।