
विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले मुलुकमा अनुशासनहिनता बढ्दै गएको बताएका छन् ।
बुधवार विराटनगरमा एक नम्बर प्रदेश स्तरीय स्काउट आधारभूत तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकमा अनुशासनहिनता बढ्दै गएको अवस्थामा विद्यालयस्तर बाटै नैतिकता र अनुशासन सिकाउने गरी नेपाल स्काउटको विकास र विस्तार गर्नुपर्ने बताएका हुन् ।
उनले विद्यालयस्तरबाट अनुशासन र राष्ट्रप्रेमको भावना जागृत गराउन स्काउटले विशेष भूमिका खेल्ने र मुलुकले योग्य र सक्षम नागरिक पाउने धारणा पनि राखे ।









