२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सेयर बजारमा सामान्य वृद्धि, कारोबारमा एनएमबि बैंकको अग्रता



अ+ अ-

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।मंगलबार दाहोरो अंकल ओरालो लागेको बजारमा आज नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता सेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ४ समूहका सूचक माथि लागेका छन् भने बाँकी समूह तल झरेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ८.९३ अंकको चमक आएको छ ।

कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ७ करोड २६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।