६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।

बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो ।संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरुमा समेत उपचुनाव हुन सकेको छैन ।

सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।