
काठमाडौं । इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमासाडियो मान,मोहमद सालाह, रोवर्टो फिर्मिन्हो र भर्जिल भान डिजिकले समान एक एक गोल गरे। पोर्टोका लागि इडर मिलिटाओले एक गोल गरे ।
एकपक्षीय खेलमा २६औं मिनेटमा अग्रता लियो । लिभरपुलका लागि साडियो मानले पहिलो गोल गरे ।
६५औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा पोर्टोका इडर मिलिटाओले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
७७औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोलगर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा भर्जिल भान डिजिकले चौथो गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए ।
खेलभर लिभरपुलको दबाबमा परेको पोर्टो घरेलु मैदानमा लाज्जास्पद हार खेप्दै च्याम्पियन्स लिगबाट बाहिरियो ।
लिभरपुले समग्रमा ६–१ गोलको नतिजा निकाल्दै सेमफिाइनलमा पुगेको हो । सेमिफाइनलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनाको सामना गर्नेछ ।









