६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा सैनिक जवान घाइते



अ+ अ-

पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा १ सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा सैनिक अमलदार धर्म थापा रहेका छन् ।

थापा पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान घाइते भएका हुन् ।

घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको छ ।