६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी छाप किर्ते गरेको आरोपमा पूर्वसभासद यादव पक्राउ



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् । सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पक्राउ परिसकेका यादव यसपटक सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।

नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको एसपी विष्टले बताए ।