
काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेललाई सिध्याउन दरबारमार्गका रेष्टुरेन्ट र होटलमा योजना बन्दै गरेको खुलासा भएको छ ।
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराई र अनेरास्ववियुका महासचिव ऐन महरले पौडेल बालुवाटार जग्गा प्रकरणमा दोषी नभएको भन्दै बचाउ गरेका हुन् । उनीहरूले पार्टीभित्रकै केही नेताहरूले दरबारमार्गका रेष्टुरेन्ट र होटलहरूमा बसेर पौडेल सिध्याउने योजना बुन्न थालेको आरोप समेत लगाएका छन् ।
अनेरास्ववियुका महासचिव महरले दोस्रो तेस्रो पक्षबाट खरिद गरिएको जग्गाको विषयमा महासचिव पौडेललाइ अनावश्यक रूपमा जोड्नु गलत भएको बताए । उनीहरूले प्रश्न गरेका छन् के व्यक्तिको नाममा रहेको जग्गा वहाँले खरीद गर्नु अपराध हो ?









