
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै उनिहरुलाई पुरस्कृत गरिएको हो ।
गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।
कसले कति पाए ?
१.नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ८ हजार रुपैयाँसहित प्रशंसापत्र
२.गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई ८ हजार रुपैयाँसहित प्रशंसापत्र
३.गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल ६ हजार रुपैयाँसहित प्रशंसापत्र
४.गृह मन्त्रालयका लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ ६ हजार रुपैयाँसहित प्रशंसापत्र
५.गृह मन्त्रालयका लेखा अधिकृत शालिकराम पराजुली ६ हजार रुपैयाँसहित प्रशंसापत्र
६.गृह मन्त्रालयका लेखापाल नरबहादुर कुँवर ६ हजार रुपैयाँसहित प्रशंसापत्र
गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४ सम्मको खर्च २०७४/७५ मा गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।
यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३/७४ मा ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट गरेको छ ।









