दाङ । सरकारले घरघरमा सिहंदरवार भनाइमा मात्र सिमित रहेको भन्दै आक्रोश पोखेका छन् ।
घोराही उपमहानगरपालिकाको योजना कार्यन्वयन तथा सेवा सुविधाको प्रभावकारिता सम्वन्धमा आयोजना गरिएको एक कार्यक्रममाउपमहानगरपालिकाको काम अझै जनताको लागी सहज नभएको गुनासो गरेका हुन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकाको बिकासको लागी कहाँ के कमीको पहिचान गर्ने काम भैरहेको र पहिचान पछि एकीकृत सहरी विकास योजना बनाउने बताए ।
त्यस्तै, घोराही मुख्य बजारको रुपमा रहेको सडक पिच गर्ने अधिकार नगरलाई नभएको भन्दै सम्वन्धित निकायलाई दवाब दिने काम भईरहेको बताए ।









