६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी युइएफए युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । युइएफए युरोपीयन च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा स्लाभिया प्रागलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगको खेलमा ४–३ को जित निकाल्दै ५–३ समग्रमा चेल्सी सेमीफाइनल प्रवेश गरेको हो ।

संघर्षपुर्ण तरिकाले जित हात पारेको चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले २ गोल र ओलिभर जिरुडले १ गोल गरे । सिमोन डेलीले चेल्सी आत्मघाति गोल दिलाए ।

स्लाभियाका लागि पिटर सेभसिक र थोमस सुसेक गोल फर्काए ।

पहिलो हाफमा दुवै टोलीले ५ गोल गरे । पहिलो हाफ सुरु हुँदा ५ औँ मिनेटमै पेड्रोको गोलबाट चेल्सीले अग्रता बनायो । ९ औँ मिनेटमा स्लाभियाका डेलीले आत्मघाती गोलगरेपछि चेल्सीले २ गोलको अग्रता बनायो ।

लगत्तै १७ औं मिनेटमा ओलिभर जिरुडको गोलपछि चेल्सी ३(०को अग्रतामा पुगेको थियो । तर २५औं मिनेटमै स्लाभियाका सुसेकले एक गोल फर्काए । तर फेरी २७ औँ मिनेटमा पेड्रोले अर्को गोल गर्दै चेल्सीलाई ४ गोलको अग्रतामा पुर्याए । पहिलो हाफ यतिमै सिमित रह्यो ।

दोस्रो हाफमा चेल्सीका लागि कसैले गोल गर्न सकेनन् भने स्लाभियाका पिटर सेभसिकले ५१औं र ५४औं मिनेटमा गोल गरेर २ गोल फर्काए पनि चेल्सीलाई पछ्याउन नसक्दा ४(३ को गोलात्रमा चेल्सीले जित हातपार्यो ।

लिग अन्तर्गतकै खेलमा फ्रान्कफर्टले बेन्फिकालाई २–० पराजित गर्दै सेमिफाइनल पुगेको छ । त्यस्तै भिल्ला रियाललाई २–० ले नै पराजित गर्दै भ्यालेन्सिया पनि सेमिफाइनल पुगेको छ ।