
काठमाडौं । कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै थप्पड हानिएको छ ।
कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेललाई गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभामा भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर थप्पड प्रहार गरेका हुन् ।
थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।
पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए ।
पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् ।









