६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई लागू गर्न खोज्यो : नेता सिंह



अ+ अ-

काठमाडौंं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए ।

नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,” उनले भने ।

काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए ।