६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा मधेशवादी दललाई र पहाडमा ओली नेतृत्वको सरकारलाई भोट दिएर जनता पछूतो मानिरहेका छन् : निधि



अ+ अ-

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेशमा अहिले मधेशवादी दललाई भोट दिएर जनता पछूतो मानिरहेको र पहाडिमा ओली नेतृत्वको सरकारलाई मतदान गरेर जनता दुःखी रहेको बताएका छन् ।

राष्ट्रीय जनता पार्टीको स्थापना दिवसका दिन धनुषा को नगराइन नगरपालिका गंगुली टोल स्कूलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘ओली सरकार देशका जनता र बुद्धिजीवीलाई सम्मान नगर्ने, बोलीवचन नभएले दीर्घकालीन रुपमा टिक्न सक्दै।’ निधिले भने ।

राजपा र फोरमलाई ढोंगी पार्र्टीको संज्ञा दिदै नीधिले ‘उपेन्द्र जी र अन्य मधेशवादी दलले यो संघीय सरकार संग साइनो गांसेर बस्ने होइन, अब विद्रोह गर्नुपर्ने’ सुझाव दिए ।