६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : हैदरावादले कोलकत्ता र बैंगलोरले चेन्नईको सामना गर्ने



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा घरेलु टोली पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

हैदरावाद र कोलकत्ताबीचको खेल अपरान्ह ४ः१५ मा सुरु हुनेछ । ।

घरेलु मैदानमा हैदरावाद पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जित निकालेको राजस्थान ८ अंक जोडेर पाँचौ स्थानमा छ । छैटौं स्थानको कोलकत्ताको ९ खेलबाट ८ अंक नै रहेको छ ।

यस्तै बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा हुने दोस्रो खेलमा घरेलु टोली चेन्नईले पुछारको बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल राति ८ः१५ मा सुरु हुनेछ ।

बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ ।चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ ।