३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुण्य कमाउने नाममा सुदूरमा बाल विवाह कायमै



अ+ अ-

डोटी । विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ ।

महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुनेअर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको प्रचलन कायमै रहेको दिपायलका स्थानीय उत्तम द्धारीयाले बताए । उनले भने, “धर्म कमाउने नाममा बालविवाह हुँदैछ, बाल विवाहको अन्त हुनु जरुरी छ ।” यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा प्रायजसो ब्राह्मण, क्षत्री तथा दलित समुदायमा उमेर नपुग्दै छोरीको विवाह गरिदिने प्रचलन कायमै रहेको छ ।

यहाँका जिल्ला सदरमुकाममा बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दासमेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाह झनै कायमै रहेको स्थानीयवासी मानबहादुर धामीले बताए । उनले भने, “बाल विवाहको अन्त्यका लागी खुलेका सङ्घ संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।”

कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफुखुशीअर्थात् कानुनी विवाह गर्ने हो भने २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भए पनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरिएको छैन ।

बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ, संस्था क्रियाशील भए पनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयवासीका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बाल विवाह हुने गरेकोे छ ।

बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारवाला सङ्घ संस्थाले खासै चासो नदेखाएको र यहाँका जिल्लावासीमा जनचेतनाको कमीका कारण बाल विवाह दिन प्रतिदिन बढ्दै जान थालेको दिपायलका अर्का स्थानीयवासी मेखराज भट्टले बताए ।

सानै उमेरमा विवाह गरिँदा सुदूरपश्चिम प्रदेशका अधिकांश चेलीले बच्चा पाउँदा अकालमै ज्यान गुमाउने गरेको थाहा पाउँदा पाउँदै पनि यहाँको बाल विवाह रोक्न नसकिएको दिपायल पिपल्लाकी स्थानीय महिलाकर्मी तुलसी शाहीले बताइन् । उनले भनिन्, “उमेर नै नपुगी छोरीको बिहे गरेपछि समस्या हुन्छ भन्ने बुझेर पनि पुण्य कमाउने नाममा बिहे गर्न थालेका छन् सम्झाउँदा मान्दैनन् कानूनी निकायले नै केही कदम चाल्नुपर्ने भयो ।”